प्रायः सोधिने प्रश्नहरू

तपाईसँग अझै प्रश्नहरू छन्?

प्रायः सोधिने प्रश्नहरू तल हेर्नुहोस् । यदि तपाईलाई थप सहयोगको आवश्यकता परेमा, कृपाया info@uafanp.org मा इमेल पठाउनुहोस् ।

म यो कोषको लागि आवेदन कसरी भर्न सक्छु ?

तपाईसँग निःशुल्क ProtonMail अकाउन्ट छैन भने त्यसमा एउटा अकाउन्ट खोल्नुहोस् । अकाउन्ट खोल्नको लागि कृपाया यो तरिकाहरू अपनाउनुहोस् । ProtonMail एक सुरक्षित इमेल सेवा हो । इमेल पठाउने र प्राप्त गर्ने दुबैले प्रयोग गर्दा त्यसले जेरो-एक्सेस इनक्रिप्सन र इन्ड-टु-इन्ड इन्क्रिप्सनको प्रयोग गरी डाटाहरू राख्ने गर्दछ ।

तपाईको ProtonMail इमेल ठेगाना द्रुत संबोधन कोष विकास प्रणालीमा रजिष्ट्रर गर्नको लागि प्रयोग गर्नुहोस् । इमेल अकाउन्ट पुष्टि गर्न तपाईको ProtonMail अकाउन्ट हेर्नुहोस् । तपाईको इमेल सक्रिय बनाउनको लागि ‘कन्फर्मेसन’ लेखिएको शब्दमा थिच्नुहोस् गर्नुहोस् ।

https://www.uafanp.org/users/sign_in मा लग इन गर्नुहोस् ।

कोषको लागि आवेदन भर्नुहोस् भन्ने बटन (माथि विच)मा क्लिक गर्नुहोस् र आवेदन फारम भर्नुहोस् । तपाईले आफूलाई उपयुक्त हुने कोषको छनोट गरी आवेदन भर्न सक्नुहुनेछ । सुरक्षा तथा दैनिक जीवनस्तरसम्बन्धी कोष वा प्रतिरोध-क्षमतासम्बन्धी स्रोत कोषमध्ये कुनै एकमा थिच्नुहोस् । आवेदन भरेर बुझाउनु पहिले आवश्यक सबै उत्तर तथा जानकारीहरू सही रुपमा भरेको निश्चित गर्नुहोस् ।

तपाईको आवेदन इमेलमार्फत् पठाउनुभएपछि तपाईले UAF A&P application number सहितको इमेल प्राप्त गर्नुहुनेछ ।

 

ProtonMail अकाउन्ट कसरी खोल्ने?

  1. ब्राउजर प्रयोग गरेर https://protonmail.com/signup मा जानुहोस् ।
  2. निःशुल्क बेसिक एकाउन्टसम्बन्धी जानकारीको लागि फ्रि बेसिक अकाउन्ट विथ लिमिटेड फिचर (FREE Basic account with limited feature) मा थिच्नुहोस् ।
  3. सेलेक्ट फ्रि प्लान (SELECT FREE PLAN) बटनमा थिच्नुहोस् ।
  4. त्यहाँ दिइएको निर्देशनहरूको पालना गर्नुहोस् ।

हामी किन ProtonMail अकाउन्ट नै सुझाउँछौँ ?

मानवअधिकार रक्षक तथा अभियन्ताहरूले उच्च जोखिमको सामना गर्नुपरेको हामीले पाएका छौँ । हामी हाम्रा कोष प्राप्तकर्ता र UAF A&P समूहको पहिचान र सूचनाहरू सुरक्षित राख्न प्रतिबद्ध छौँ । कोषको लागि आवेदन भर्दा आवेदनकर्ताको आवश्यकता र वस्तुस्थितिबारेको संवेदनशील सूचना र तथ्यांकहरूको आदानप्रदान गर्नु जरूरी हुन्छ । त्यसै कारणले हामीबीच हुने सञ्चारलाई सुरक्षित राख्नु अति आवश्यक छ, ताकी इमेल सम्प्रेषण वा प्राप्त गर्ने सेवा प्रदायकसहितको अरू कुनै तेस्रो पक्षले पनि त्यसमा पहुँच राख्न नसकून् । यदि कसैले हाम्रो इमेल इन्टरसेप्ट गरिहालेमा पनि त्यसलाई पढ्न वा चलाउन नसकून् भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।  ProtonMail इमेल सेवाले इन्ड-टु-इन्ड इन्क्रिप्सनसहित दुबै मापदण्ड अपनाउँदछ । तर, दुबै पक्षले ProtonMail इमेल प्रयोग गरेमा मात्रै इन्ड-टु-इन्ड इन्क्रिप्सनले काम गर्दछ । ProtonMail इमेलले शून्य-पहुँच इन्क्रिप्सनसहित सर्भरमा इमेल जम्मा गरी इमेललाई सुरक्षित राख्ने गर्दछ । प्रयोगकर्ताको आइपी ठेगाना (IP addresses) र क्रियाकलापहरूको निगरानी तथा रेकर्ड पनि राख्दैन ।

अकाउन्ट साइन अप/रजिष्टर कसरी गर्ने ?

  1. निःशुल्क ProtonMail इमेल अकाउन्ट खोल्नुहोस् ।
  2. ब्राउजरको प्रयोग गरेर https://www.uafanp.org/users/sign_up मा जानुहोस् ।
  3. सिष्टममा रजिष्टर गर्नको लागि ProtonMail इमेल ठेगाना प्रयोग गर्नुहोस् ।
  4. साइन अप गरेपछि, तपाईको इमेल सुनिश्चित गर्न ProtonMail इमेल अकाउन्ट जाँच गर्नुहोस् । तपाईको अकाउन्ट सक्रिय बनाउनको लागि confirmation link मा हेर्नुहोस् ।

के म आफ्नो आवेदन सेभ गर्न र त्यसलाई पछि बुझाउन सक्छु ?

आवेदन फारम भरिरहँदा सेभ बटनमा थिच्नुहोस् र बारम्बार Save and continue बटन (माथि-दायाँ)मा थिचिरहनुहोस् र त्यसपछि तपाई लग आउन गर्न सक्नुहुनेछ ।

नोटः तपाईले आफ्नो आवेदन फारमलाई हरेक ५ देखि १० मिनेटको समयावधिभित्र सेभ गर्नुपर्नेछ । त्यसो नगरेमा तपाईले फारममा भर्नुभएको जानकारीहरू त्यहाँ रहने छैनन् । सिष्टम आफैले तपाईको आवेदनलाई सेभ गर्दैन । तपाई आफैले Save and continue बटनमा थिचेर आफूले भरेको जानकारीहरूलाई सेभ गर्नुपर्दछ ।

अपूरो राखी छाडेको आवेदनलाई कसरी पूरा गर्ने/सम्पादन वा परिमार्जन गर्ने ?

  1. तपाईको आफ्नो अकाउन्टमा लग इन गर्नुहोस् ।
  2. UAF A&P ID मा वा तपाईले परिमार्जन गर्न खोज्नुभएको आवेदनको दायाँपट्टिको View बटनमा थिच्नुहोस् ।

मैले पठाएको आवेदन प्राप्त गरिएको छ भन्ने कसरी थाहा पाउने ?

तपाईले UAF A&P आवेदन नम्बर र तपाईको आवेदनसम्बन्धी सहयोग गर्नुहुने सहजकर्ता (सम्पर्क व्यक्ति)को नामसहितको इमेल प्राप्त गर्नुहुनेछ ।

मैले आवेदन बुझाएँ, तर किन प्रतिक्रिया पाइन ?

UAF ले पर्याप्त आवेदनहरू प्राप्त गर्ने गर्दछ । तपाईलाई दिनुपर्ने पहिलो चरणको प्रतिक्रियाको लागि हामीलाई कम्तीमा १० दिनको समयअवधिको आवश्यकता पर्दछ । तपाईले हामीबाट कुनै प्रतिक्रिया नपाउनुभएको खण्डमा कृपाया तपाईले आफ्नो PROTONMAIL INBOX हेर्नुभएको छ/छैन भनेर सुनिश्चित गर्नुहोस् । त्यतिञ्जेलसम्म यदि त्यहाँ कुनै प्रतिक्रिया नभएको पाउनुभयो भने कृपाया धैर्य राख्नुहोस् ।

तपाईको PROTONMAIL अकाउन्ट नियमित हेर्नुहोस् । तपाईको आवेदनको अवस्था परिवर्तन भएको भए वा सहजकर्तालाई तपाईको आवेदनसम्बन्धी कुनै प्रश्न/प्रष्टीकरणको आवश्यकता परेको खण्डमा PROTONMAIL अकाउन्टमा सूचना पठाउनेछौँ ।

यदि मलाई मेरो आवेदनसम्बन्धी प्रश्नहरू सोध्नुपरेमा कसलाई सम्पर्क गर्ने ?

तपाई आफ्नो प्रश्न(हरू) तपाईकै आवेदनमा भएको Comments tab मा राख्न सक्नुहुनेछ वा grants@uafanp.org. मा इमेल पठाउन सक्नु हुनेछ । कमेन्ट सेक्सनमा पहुँच राख्नको लागिः

  1. https://www.uafanp.org/users/sign_in मा लग इन गर्नुहोस् ।
  2. UAF A&P ID मा वा तपाईले परिमार्जन गर्न खोज्नुभएको आवेदनको दायाँपट्टिको View  बटनमा थिच्नुहोस् ।
  3. माथि-दायाँपट्टि रहेको Gear बटनमा थिच्नुहोस् र त्यसपछि Comments tab मा थिच्नुहोस् ।
  4. POST A COMMENT बाकसमा तपाईको प्रश्नहरू लेख्नुहोस् त्यसपछि Post बटन थिच्नुहोस् ।

मेरो ड्यासबोर्डको अवस्थाको मतलब के हो ?

Created – तपाईको आवेदन सेभ भयो ।

Filed – तपाईको आवेदन प्राप्त भइ दर्ता गरिएको छ ।

Received – तपाईको आवेदनलाई अगाडि बढाउनको लागि सहजकर्ता तोकिएको छ ।

In Process – तपाईको आवेदन मूल्यांकनको प्रक्रियामा रहेको छ ।

Denied – तपाईको आवेदन अस्वीकृत भएको छ ।

Approved – तपाईको आवेदन स्वीकृत भएको छ ।

Disbursed – कोष प्राप्तकर्तालाई कोष पठाइसकिएको छ ।

Closed – निर्णय गरिएको वा अनुमोदित कोषहरूको लागि वित्तिय तथा तोकिएको कार्य सम्पन्न भएको प्रतिवेदनहरू बुझाइएको छ ।

मैले मेरो आवेदनमा नयाँ टिप्पणी गरिएको छ भन्ने जानकारी भएको इमेल पाएको छु, त्यो टिप्पणी कसरी हेर्ने ?

  1. तपाईको अकाउन्टमा लग इन गर्नुहोस् ।
  2. इमेल आएको जानकारी भएको लिंकमा थिच्नुहोस् । त्यसपछि त्यहाँ तपाईले आफ्नो आवेदनलाई विस्तृत स्वरुपमा देख्न सक्नुहुनेछ ।
  3. दायाँपट्टि माथि रहेको गियर/Gear बटनमा थिच्नुहोस् अनि कमेन्टस्/Comments tab बटनमा थिच्नुहोस् ।

मैले नत्थी/अट्याचमेन्टसहितको इमेल आएको जानकारी पाएको छु, उक्त अट्याचमेन्टलाई कसरी डाउनलोड गर्ने ?

  1. तपाईको अकाउन्टमा लग इन गर्नुहोस् ।
  2. इमेल आएको जानकारी भएको लिंकमा थिच्नुहोस् । त्यसपछि त्यहाँ तपाईले आफ्नो आवेदनलाई विस्तृत स्वरुपमा देख्न सक्नुहुनेछ ।
  3. दायाँपट्टि माथि रहेको Gear बटनमा थिच्नुहोस् अनि Attachments tab बटनमा थिच्नुहोस् ।
  4. तपाईलाई चाहिएको डकुमेन्ट खोज्नुहोस् र download बटनमा थिच्नुहोस् ।

RRG सिष्टममा भएको मेरो पासवर्ड बिर्से भने मैले त्यसलाई कसरी पुनः राख्न सक्छु ?

  1. ब्राउजरको प्रयोग गरेर https://www.uafanp.org/users/password/new मा जानुहोस् ।
  2. तपाईको ProtonMail इमेल ठेगाना राख्नुहोस् अनि Send me reset password instructions मा थिच्नुहोस् ।
  3. तपाईको ProtonMail अकाउन्टमा "Reset password instructions"  भनी प्राप्त गर्नुभएको ठाउँमा थिच्नुहोस् ।
  4. त्यहाँ दिइएको बाकसमा आफ्नो नयाँ पासवर्ड राख्नुहोस् अनि Change my password लेखिएको ठाउँमा थिच्नुहोस् ।

मैले भरेको जानकारीहरूलाई म कसरी सम्पादन गर्न सक्छु ? (विवरणिका/प्रोफाइल)

  1. सिष्टममा लग इन गर्नुहोस् ।
  2. माथि दायाँपट्टि रहेको MY Profile मा थिच्नुहोस् र सबै विवरणहरूसहित तपाईको प्रोफाइल देखा पर्नेछ ।
  3. जानकारीहरू सम्पादन गर्नको लागि माथि दायाँपट्टि रहेको Edit बटनमा थिच्नुहोस् ।
  4. तपाईले सम्पादन गर्नुभएको जानकारीहरू सेभ गर्नको लागि मुनि दायाँपट्टि रहेको Save profile बटनमा थिच्नुहोस् ।

नोटः तपाईको प्रोफाइलले सबै एप्लिकेसनहरू देखाउनेछ, जुन तपाईले आगामी दिनमा पठाउनुहुनेछ ।

म आफ्नो पासवर्ड कसरी परिवर्तन गर्न सक्छु ?

  1. सिष्टममा लग इन गर्नुहोस् ।
  2. माथि दायाँपट्टि थिच्नुहोस् र change password लाई सेलेक्ट गर्नुहोस् ।
  3. तपाईको अहिलेको पासवर्ड राख्ने बाकसमा अहिलेकै पासवर्ड राख्नुहोस् र त्यसपछि नयाँ पासवर्ड राख्ने बाकसमा नयाँ पासवर्ड राख्नुहोस् । अनि अपडेट बटन थिच्नुहोस् ।

मेरो आवेदनमा भएको प्रगति विवरण मैले कहाँ देख्न सक्छु ?

तपाईको आवेदनमा प्रगति भए/नभएकोबारे तपाईले आफ्नो इमेलमा जानकारी/नोटिफिकेसन प्राप्त गर्नुहुनेछ । त्यसको अलावा तपाई कुनैपनि समय UAF A&P website लग इन गरी आफ्नो आवेदनको अवस्थाबारे बुझ्न सक्नुहुनेछ ।

 

उही कोष वा अरू कोषहरूको लागि मैले कसरी पुनः आवेदन भर्न सक्छु ?

  1. सिष्टममा लग इन गर्नुहोस् ।
  2. माथि विचमा रहेको कोषको लागि आवेदन (Apply for a Grant) मा थिच्नुहोस् र आफूले प्राप्त गर्न चाहेको कोषको प्रकार छनोट गर्नुहोस् । आवेदन फारम भर्नुहोस् । आवेदन फारम बुझाउनको लागि आवश्यक सबै कुराहरू राख्नुभएको निश्चित गरेर आवेदन बुझाउनुहोस् ।

मेरो इन्टरनेट भरपर्दो छैन, मैले कसरी आवेदन दिन सक्छु ?

  1. https://www.uafanp.org/application-forms बाट सही आवेदन फारमहरू डाउनलोड गर्नुहोस् । उक्त आवेदन फारम पूर्ण रुपमा भर्नुहोस् ताकी तपाईको आवेदन प्रक्रियामा ढिलासुस्ती नहोस् ।
  2. तपाईको आफ्नो निःशुल्क ProtonMail अकाउन्ट बनाउनुहोस् ।
  3. ProtonMail अकाउन्ट प्रयोग गरेर तपाई आफ्नो आवेदन फारमलाई grants@uafanp.org मा पठाउनुहोस् ।

कोष आवेदन फारमको लागि थप सहयोगको आवश्यकता परेमा कृपाया grants@uafanp.org मा इमेल पठाउनुहोस् । कोषको लागि यहाँ आवेदन भर्नुहोस् ।

 

 

How do I enable two-factor authentication (2FA) on my account?