द्रुत संबोधन कोष/र्यापिड रेस्पोन्स ग्रान्ट

महिला तथा गैर-द्वयसांखिक मानवअधिकार रक्षकहरूले सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन प्राप्तिका लागि ठूलो जोखिम सामना गरेका छन् । उनीहरू प्रायःजसो आफ्नै जीवनलाई  जोखिममा उभ्याइरहेका हुन्छन् । हामी यहाँ उनीहरूको प्रतिरोध-क्षमता निर्माण गर्न र अति आवश्यक परेको बखतमा महत्वपूर्ण सहायता दिनका लागि छौँ ।

हाम्रो कोष

UAF A&P को यो कोष संकटको समयमा महिला र गैर-द्वसांख्यिक अभियन्ता, उनीहरूका परिवार र संघ-संस्थाहरूलाई दिइनेछ । हामीसँग दुई खालका कोष रहेका छन् । भौतिक तथा भावनात्मक हानीबाट सुरक्षित हुन तत्काल अनुदान आवश्यक परेकाहरूका लागि सुरक्षा तथा दैनिक जीवनस्तरसम्बन्धी कोष रहेको छ । डर-धम्कीको लागि तयार रहन खोज्ने, र नाजुक तथा संगीन मुद्दाहरूसँग जुध्नुपर्ने वा आउने ३-६ महिनासम्म अवसरहरूका लागि तयार रहन खोज्नेहरूका लागि प्रतिरोध-क्षमतासम्बन्धी स्रोत कोष रहेको छ । UAF A&P को आवेदन समीक्षा प्रक्रियाको अवधिमा हामी तपाइहरूलाई संयमित रहन अनुरोध गर्दछौँ । कृपाया, तपाइहरूको आवेदन प्राप्त भएको जानकारीको लागि ४८-७२ घण्टासम्मको समय अवधि लाग्ने अपेक्षा राख्नुहोला । नयाँ सबै जानकारी तथा सञ्चारको लागि हामी तपाईहरूलाई आफ्नो ProtonMail र/वा UAF A&P को अकाउन्टमा रहेको तपाईको आवेदन ड्यासबोर्ड हेरीरहन प्रोत्साहित गर्दछौँ । तपाईको आवेदन स्वीकृत भइसकेपछि र आवश्यक कागजातहरूमा हस्ताक्षर भइसकेपछि कार्यालय खुल्ने १०-१५ दिनभित्रमा तपाईको कोष प्राप्त हुने अपेक्षा राख्नुहोला ।

कोषको प्रकार

placeholder
सुरक्षा तथा दैनिक जीवनस्तरसम्बन्धी कोष

यो कोष एशिया र प्रशान्त क्षेत्रका महिला र गैर-द्वसांख्यिक मानवअधिकारकर्मी र संघसंस्थाहरूका लागि उपलब्ध छ, जसलाई आफ्नो सुरक्षा र दैनिक जीवनस्तरका लागि तत्काल वा आपतकालिन आवश्यकता परेको हुन्छ । यो कोष महिला अधिकार र मानव अधिकारको रक्षा गर्दा खतरा वा संकटकालिन अवस्था, संकट वा जोखिम भोगीरहेका कुनै व्यक्ति वा संस्थाको लागि बनाइएको हो । यो कोष मनो-सामाजिक परामर्श, मानसिक आघातपनको उपचार, वा स्वास्थ्य सहायताजस्ता तुरुन्तै उपलब्ध हुनुपर्ने आवश्यकता परिपूर्तिको लागि पनि उपलब्ध छ ।

placeholder
प्रतिरोध-क्षमतासम्ब्नधी स्रोत कोष

यो कोष एशिया तथा प्रशान्त क्षेत्रका महिला तथा गैर-द्वयसांखिक मानवअधिकार रक्षक र संघसंस्थाहरूका लागि उपलब्ध छ, जसले आफ्नै तवरले वा अरूहरूसँग सहकार्य गरी अप्रत्यासित अवसरहरूमा महिलाका मानवअधिकार तथा मानवअधिकार सम्बन्धी क्रियाकलापहरू कार्यन्वयन गर्ने र आन्दोलनहरूको प्रतिरोधमा योगदान पुर्याउन पहल गर्ने गर्दछन् ।

placeholder
सुरक्षा र हेरचाह जालोसम्बन्धी कोष

महिला तथा गैर-द्वयासांखिक रक्षक तथा अभियन्ताहरूका लागि सुरक्षा तथा हेरचाहको जालो सुदृढ गर्न केन्द्रित UAF A&P’s Enabling Defenders programme मा सक्रिय रहेका व्यक्ति, समूह वा संस्थाहरूले यो कोष प्राप्त गर्न सक्नेछन् । सुरक्षा र हेरचाह जालोसम्बन्धी कोष आमन्त्रणको आधारमा मात्रै प्रदान गरिने छ ।

placeholder
हाम्रा विशेष कोषहरू

आपतकालित आवश्यकता वा संकटहरूमा सहायता गर्नका लागि समय-समयमा हामी हाम्रा कोषहरूलाई विस्तार गर्ने गर्दछौँ । त्यस्ता खालका जानकारीहरू तपाईले हाम्रो विशेष कोषहरूको पेजमा हेर्न सक्नु हुनेछ ।

स्वीकृति प्रक्रिया

approval process new

UAF A&P कोषका लागि आवेदन भर्नु हुने जो सुकैले सुरक्षित सञ्चारका लागि सर्वप्रथम निःशुल्क ProtonMail अकाउन्ट खोल्न अनुरोध गर्दछौँ । यो इमेल आइडीको प्रयोग गर्नेहरूले द्रुत संबोधन कोष-निर्माण सिष्टम (Rapid Response Grant-making (RRG) system) मा रजिष्टर गर्न सक्नु हुनेछ । कृपाया, आवेदन फारम भर्दा चाहिएको विवरणहरू सही तरिकाले राखिएको कुरा निश्चित गर्नुहोस् । आवेदन बुझाइसक्नु भएपछि, आवेदकले आवेदन नम्बर र कोषसम्बन्धी सहजकर्ता तोकिएको जानकारी पाउनु हुनेछ । कृपाया, तपाईले आवेदन बुझाउनुभएको ४८-७२ घण्टाभित्रमा त्यसको प्रतिक्रिया पाउने अपेक्षा राख्नुहोस् । उक्त समयावधिमा तपाईको आवेदनमाथि  सहजकर्ता र एक क्षेत्रीय सल्लाहकारद्वारा समीक्षा गरिनेछ । सबै खालका प्रगति विवरण र सञ्चारका लागि तपाईलाई हामी आफ्नो ProtonMail बारम्बार हरिरहन र/वा आफ्नो UAF A&P account मा भएको आवेदन ड्यासबोर्ड हेरिररहन प्रोत्साहन गर्दछौँ । तपाईको आवेदन स्वीकृत र आवश्यक कागजातहरूमा हस्ताक्षर भएपछि, कृपाया, ७-१० कामकाजी दिनभित्रमा आफ्नो कोषवापतको रकम पाउने अपेक्षा राख्नुहोस् । कोष पाउनेले उक्त कोषको रकम कसरी उपयोग गर्यो भन्नेबारेको अन्तिम प्रतिवेदन बुझाएपछि कोषको सम्पूर्ण प्रक्रिया पूरा हुनेछ ।

हाम्रो कोषहरूबारे जान्नुपर्ने कुराहरूः

उपलब्ध कोषहरू ५ हजार अमेरिकन डलर बराबर सम्मका हुनेछन् । उही रक्षक वा संस्थाबाट प्राप्त भएका आवेदनहरूको हकमा भने एक-एक घटनाहरूलाई आधार बनाइनेछ ।

सबै आवेदनहरूले हाम्रा कोषमध्येको कुनै एक प्रकारलाई संबोधन गरेको हुनुपर्नेछ । कोष योग्यता मूल्यांकनलाई अवलम्बन गर्नुपर्नेछ ।   

 

 

हामी तपाईलाई UAF A&P आवेदन समीक्षा प्रक्रियाका समयमा धैर्य रहन अनुरोध गर्दछौँ । कृपाया, आफ्नो आवेदनको प्रतिक्रिया ४८-७२ घण्टाभित्रमा पाउने अपेक्षा राख्नुहोस् । सबै खालका प्रगति विवरण र सञ्चारका लागि तपाईलाई हामी आफ्नो ProtonMail बारम्बार हरिरहन र/वा आफ्नो UAF A&P account मा भएको आवेदन ड्यासबोर्ड हेरिररहन प्रोत्साहन गर्दछौँ ।

तपाईको आवेदन स्वीकृत र आवश्यक कागजातहरूमा हस्ताक्षर भएपछि, कृपाया, १०-१५ कामकाजी दिनभित्रमा आफ्नो कोषवापतको रकम पाउने अपेक्षा राख्नुहोस् ।

कोष प्रदान गर्नको लागि हामीले क्षेत्रीय रोष्टर र राष्ट्रिय परामर्शदातालाई आवेदनको मूल्यांकन गर्ने जिम्मा दिएका हुनेछौँ र उहाँहरूद्वारा नै तपाईलाई कोषसम्बन्धि जानकारी गराउने छौँ ।

तपाईको गोपनीयता महत्वपूर्ण छ र तपाईको सुरक्षाको सुनिश्चित गर्न हामी तत्पर छौँ । तपाईको आवेदनलाई हामी UAF A&P का परामर्शदाता/सल्लाहकार वा विश्वासनीय व्यक्तिहरूलाई मात्रै आवश्यकताअनुरुप पढ्न दिन्छौँ ।

तपाईको आवेदन स्वीकृत भइसकेपछि, १०-१५ कामकाजी दिनभित्रमा तपाईको कोषवापतको रकम तपाईलाई उपलब्ध गराउने छौँ ।

कोष पाउनु हुने सबै प्रापकहरूले कोषको रकम कसरी उपयोग गरियो भन्नेबारेको अन्तिम प्रतिवेदन बुझाउनु पर्नेछ ।

 

हामीसँग सञ्चार गर्नका लागि, इन्क्रिप्टेट च्यानलहरूः इमेल आदानप्रदानका लागि ProtonMail, म्यासेजका लागि Signal प्रयोग गर्न अनुरोध गर्दछौँ । कोषको आवेदनसम्बन्धमा सोधपुछका लागि grants@uafanp.org मा सम्पर्क गर्नुहोस् । अनलाइन आवेदनसम्बन्धी प्राविधिक कुराहरूका लागि esther@uafanp.org मा सम्पर्क गर्नुहोस् ।

तपाईका थप प्रश्नहरूका लागि, कृपाया  प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस्

*पुरुष वा महिलाको परम्परागत परिभाषामा नअटाउने र पुरुष वा महिलाको अभिव्यक्ति अन्तर्गत नपर्ने लैंगिक पहिचानहरूलाई गैर-द्वयसांखिक लैंगिक पहिचान भनिन्छ । पारम्पारिक भिन्नतासँग सम्बन्धित नरहेका र महिला वा पुरुष लैंगिकता दुबै नरहेको, दुबै रहेको वा दुबैको मिश्रण जनाउने लैंगकि पहिचानहरूको विविधतालाई गैर-द्वयसांखिक भनिन्छ । उनीहरू महिला-पुरुषको लैंगिक द्वयसंखिक (gender binary)तथा लैंगिक द्वयसांखिक मान्यताको परिभाषाबाहिर पर्दछन् । मिश्रितलिंगी (एन्ड्रोजिनी), बहुलिंगी (पोलीजेण्डर), लैंगिक क्वेयर (जेण्डर क्वेयर), तरल लैंगिकता भएका वा द्रवलिंगी (जेण्डर फ्लुइड) र अलिंगी (अ-जेण्डर) भएका व्यक्तिहरूलाई सामेल गराउन UAF A&P ले गैर-द्वयसांखिक शब्द प्रयोग गरेको हो ।