हाम्रो दृष्टिकोण

साहसी र सशक्त महिला तथा गैर-द्वयसांखिक मानवअधिकार रक्षकहरूजस्तै, हामी जसका लागि र जोसँग काम गर्छौँ, काम गर्दा हामी सशक्त हुन्छौँ । हामी फट्टाफट काम गर्छौँ र छिट्टै सिक्छौँ, अघि बढ्दै जाँदा आफ्नो सोच र अभ्यासहरूलाई अनुकूलन गर्नका लागि आकस्मिक सिकाइको प्रयोग गर्छौँ । हामी रचनात्मक, विघटनकारी, र समान अनुभूत गर्ने दाता हौँ, जसले सुरक्षा र हेरचाहलाई प्राथमिकता दिन्छ ।

हामी एशिया तथा प्रशान्त क्षेत्रका महिला तथा गैर-द्वयसांखिक अभियन्ताहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न मद्दत गरी उनीहरूले नेतृत्व गरेको प्रतिरोध र प्रतिवादका आन्दोलनहरूलाई सहयोग गर्छौँ, ताकी उनीहरूका कामहरू टिकीरहन र फष्टाउन सकून् ।

त्यसो गरिरहँदा हामी महिलावादी मूल्य-मान्यताद्वारा निर्देशित हुन्छौँ, जसले सहकार्य र सह-निर्माण/सृजनालाई महत्व दिन्छ । र, समानुभूति, हेरचाह, मानिस र यी तीनवटै पक्षलाई सन्तुलित तवरमा लाभ पुर्याउनमा केन्द्रित हुन्छ ।

हामी परीक्षण गर्न मन पराउँछौँ, र हामी आफ्नो कामहरूलाई दर्शाउने, सिक्ने, अनुकूलन गर्ने र प्रतिक्रिया दिने र सुदृढ बनाउने क्षमता बलियो पार्नको लागि आकस्मिक सिकाइको प्रयोग गर्छौँ । हरेक कदममा हामी आफैले आफैलाई सोध्छौँ: “एशिया तथा प्रशान्त क्षेत्रका महिला तथा गैर-द्वयसांखिक अभियन्ताहरूका प्रतिरोधी-क्षमता बढाउन तथा उनीहरूलाई फलिफाप होस् र उनीहरूको कामलाई टिकाइराख्ने सुरक्षित तथा हेरचाहयुक्त वातावरण निर्माण गर्न के गर्न सकिन्छ ?”

हामी विश्वास गर्छौँ कि परीक्षणात्मक मूल्य-मान्यता र उद्देश्यले प्रेरित प्रयोगले सफलता ल्याउन सक्छ जसले अन्ततः हामीले खोजेको रुपान्तरणकारी परिवर्तनतर्फ हामीलाई डोर्याउन सक्छ । हाम्रा दृष्टिकोणमा निम्न कुराहरू समावेश छन्:

 

स्रोत-साधनका लागि जन-केन्द्रित, समग्रताको दृष्टिकोण अपनाउने ।

हामीलाई थाहा छ, प्रतिरोध शारिरीक, भौतिक र भावनात्मक हेरचाह र राम्रो जीवनस्तरसँग सम्बन्धित हुन्छ । हामी मानवअधिकार रक्षक तथा अभियन्ताहरूको सुरक्षा तथा सुरक्षाका निमित्त स्रोत साधनमा लगानी गर्छौँ । साथै उनीहरूको राम्रो जीवनस्तर, खुशी र जोखिमको अवस्थामा अनि त्यसपछिको अवस्थासँग जुध्नका निमित्त पनि लगानी गर्छौँ ।

 

हाम्रो हेरचाह, सह-नेतृत्व र ऐक्यबद्धताको नारीवादी संस्कृतिको विकास गर्ने ।

हामी हाम्रो आफ्नै परिवर्तनशीलता र अभियन्ता तथा आन्दोलनहरूको प्रतिरोधी-क्षमताप्रति पारस्परिक विश्वास राख्छौँ ।  हामी आफै प्रत्यक्ष रुपमा कार्यक्रम तथा परियोजनाहरू कार्यन्वयन गर्दैनौँ । बरू हामी अभियन्ताहरूलाई, आन्दोलनलाई र आन्दोलनको पारिस्थितिक/पर्यावरणीय प्रणालीका लागि वित्तिय तथा गैर-वित्तिय स्रोतहरू उपलब्ध गराउदछौँ ।   

 

हामी आफूलाई परिवर्तनका लागि हुने आन्दोलनको हिस्सा मान्छौँ ।

दाताको रुपमा हामी, दाता र कोष प्राप्तकर्ताबीच र, उत्तरी विश्व तथा दक्षिणी विश्वबीचको गतिशील शक्ति परिवर्तनका लागि उत्तरदायी छौँ । यसमा हामीले कसरी, कहाँबाट र कस-कससँग अर्थ संकलन गर्छौँ भन्ने कुरा र अभियन्ता तथा हाम्रा दाताहरूसँग दैनिक गर्ने अन्तरक्रियाहरू समावेश छन् । हामी उहाँहरूको ज्ञानलाई सम्मान गर्छौँ, र हामी जे जति गर्छौँ त्यसमा उहाँहरूको स्वायत्तता र गरिमाको सम्मान गर्दछौँ ।

 

हामी हाम्रा सबै खालका कामहरूलाई समान महत्व दिन्छौँ ।

हाम्रा अन्तरसम्बन्धित कामहरू- कोष उपलब्ध गराउने, मूल्याङ्कन तथा पुनर्ताजगीपन ल्याउने थलोहरू सह-निर्माण गर्ने, परोपकारी कार्यमा प्रभाव पार्ने, अभियन्ताहरूबीच सुरक्षा तथा हेरचाहको मजबुत जालो बनाउन सहयोग गर्ने, र संस्थागत व्यवस्था तथा संस्कृति सुदृढीकरण गर्नेलगायत छन्, यी कामहरूका लागि हामीले स्रोत उपलब्ध गराउनु जरूरी छ ।