प्रतिरोध-क्षमतासम्बन्धी स्रोत / रिसोर्स रेजिलेन्स कोष

आवेदन भर्नुहोस्

यो कोष एशिया र प्रशान्त क्षेत्रका महिला र गैर-द्वयसांख्यिक मानवअधिकार रक्षक र संघसंस्थाहरूका लागि उपलब्ध छ, जसले अपर्झट उत्पन्न अवसरहरूसहित आफ्नै हिसाबले वा अरूहरूसँगको सहकार्यमा अभियानका लागि प्रतिरोधी-क्षमता निर्माण गर्नमा योगदान पुर्याउन पहल लिन चाहनुहुन्छ ।

कोषको प्राथमिकता

  • महिला वा गैर-द्वयसांखिक नेतृत्वः यो कोषको प्राथमिक लाभकर्ता महिला वा गैर-द्वयसांखिक मानवअधिकार रक्षकहरू हुनेछन्, र, महिला अधिकार संस्थाहरूका अनुमोदनसहित आएका आवेदन तथा आवेदकहरूलाई प्राथमिकता दिइनेछ;
  • मानवअधिकार केन्द्रितः संस्थाले महिला र/वा सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको मानवअधिकारको प्रवर्द्धन गर्नुपर्दछ, साथै अहिंसात्मक कार्यनीति वा रणनीति अवलम्वन गर्दै मानवअधिकारको विश्वव्यापकतालाई सम्मान गर्नुपर्दछ;
  • रणनैतिक हस्तक्षेपः यो कोष एक हस्तक्षेपको लागि बनाइएको हो, जसले महिला र गैर-द्वयसांखिक रक्षकहरूका संरक्षण तथा सहायताका निमित्त उत्पन्न हुने अप्रत्याशित अवसरहरूलाई संबोधन गर्नेछन् । उक्त काम महिलाका मानवअधिकारका लागि र मानव अधिकारकर्मीहरूको प्रतिरोधी क्षमता तत्काल बढाउने दृष्टिकोणयुक्त एक सशक्त, रणनैतिक, रचनात्मक वा सृजनात्मक हुन सक्छ ।
  • समय-सीमाः प्रस्तावित काम आवेदन स्वीकृत भएको ३ महिनाभित्र लागू गरिसक्नु पर्नेछ र त्यसको ६ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न गरिसक्नु पर्नेछ ।
  • अरूको साथ-सहयोग वा सञ्जालः रक्षकहरू वा संस्थाहरूसँग महिलाका मानव अधिकार, यौन अधिकार वा स्थानीय वा राष्ट्रिय तहका मानवअधिकारसँग सम्बन्धित अरू संस्थाहरूको साथ-सहयोग भएको हुनुपर्नेछ ।

कोषले उपलब्ध गराउने रकम   

UAF A&P ले कोषको रुपमा बढीमा ५,०००/- अमेरीकी डलर बराबरको रकम उपलब्ध गराउने छ । पहिल्यै पनि कोषको रकम उपयोग गरिसकेका रक्षक वा संस्थाहरूको हकमा एक-एक घटनाको आधारमा मूल्यांकन गरिने छ ।

प्रायः सोधिने प्रश्नहरू यहाँ पढ्नुहोस्

सम्पर्कका लागि grants@uafanp.org मा इमेल पठाउनुहोस् ।

आवेदन भर्नुहोस्

or

UAF A&P कोषले आर्थिक सहायता नगर्ने क्षेत्रहरूः
  • त्याचलिंगी पुरुष*हरूका लागि वा त्याचलिंगी पुरुषहरूले नेतृत्व गरेका संस्थाहरू वा सञ्जालहरू;

  • कुनैपनि संस्थाको समर्थनबिना वा कुनैपनि संस्थाले अनुमोदन नगरेका व्यक्तिगत तवरमा प्राप्त भएका आवेदनहरू;

  • स्थापित समुदाय वा स्थापित सञ्जालमा आवद्धता भएकाहरू वा UAF A&P का सल्लाहकारहरू;

  • मानवीय संकट वा प्राकृतिक विपदहरूसम्बन्धी परियोजनाहरू वा त्यससम्बन्धी क्रियाकलापहरू;

  • विकास सहायता वा परोपकारी/दान सहायोगमा केन्द्रित परियोजना वा क्रियाकलापहरू;

  • कुनैपनि संस्थाको परियोजनाको अंगको रुपमा चलिरहेका नियमित क्रियाकलापअन्तर्गतका कार्यक्रमहरू;

  • नियमित रुपमा सञ्चालित बजेटहरू वा/र बजेट परिपूर्तिका लागि;

* त्याचलिंगी पुरुष भन्नाले जन्मँदाको बखत लिएर आएको यौनाङ्गको आधारमा पुलिंगी इंगित गरिएको र आफ्नो लैंगिक पहिचान पुरूष नै भएको व्यक्तिलाई जनाउँछ ।