UAF कोभिड आपतकालिन कोष

आवेदन भर्नुहोस्

कोभिड- १९ को महामारीले एशिया र प्रशान्त क्षेत्रका महिला तथा गैर-द्वयसांखिक मानव अधिकार रक्षक तथा अभियन्ताहरूको जोखिमतालाई बढाइदिएको छ । हामीले यी दुबै क्षत्रेका हाम्रा कोष प्रापक, सल्लाहकार/परामर्शदाता र साझेदारहरूबाट महामारीले बहु तलमा उत्पन्न गरेको संकटहरूको असरबाट बच्न सहायताको आवश्यकता परेको अनुरोधहरू पाइरहेका छौँ ।

महिला तथा गैर-द्वयसांखिक रक्षक तथा अभियन्ताहरूलाई सहायता गर्ने UAF A&P’s को प्रतिबद्धताअनुरूप हामीले सीमित कोषहरू उपलब्ध गराएका छौँ । विशेषगरी कोभिड-१९ को महामारीका बखत उनीहरूको आर्थिक तथा आधारभूत आवश्यकताहरूका लागि सहायता गर्नका लागि यी कोषहरू बनाइएका हुन् । सन् २०२०-२०२१ को कार्यक्रमको बजेटबाट हामीले २ लाख अमेरिकी डलर बराबरको रकम छुट्याएका छौँ र अझै थप रकम जुटाउने प्रक्रियामा पनि रहेका छौँ । यो कोषको आवदेन ३० जुन २०२१ सम्मका लागि खुला रहनेछ ।

कोभड-१९ कोषको क्षेत्र

यो कोष एशिया र प्रशान्त क्षेत्रका महिला तथा गैर-द्वयसांखिक मानवअधिकार रक्षक, अभियन्ता र संस्थाहरूका लागि उपलब्ध छ । जसले कोभिड-१९ को महामारीको बेलामा सरकारले उनीहरूको आधारभूत आश्यकता- जस्तैः खानपिन, आवास, स्वास्थउपचार सेवाहरूको पर्याप्त ख्याल राख्न नसकीरहेको अवस्थालाई संबोधन गर्न सकोस् । यो कोष त्यस्ता व्यक्ति वा संस्थाहरूका लागि हो जसले आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्नका निमित्त आर्थिक समस्या भोगीरहेका छन् ।

कोभिड-१९ सम्बन्धी सबै खालका आवश्यकताहरूलाई हामी हाम्रा नियमित कोषहरू (जस्तैः सुरक्षा तथा दैनिक जीवनस्तर र प्रतिरोध-क्षमता स्रोत कोषहरू)द्वारा समेट्ने छौँ ।

उदाहरणको लागिः

  • स्वास्थ्य उपचार सहायता,
  • स्वस्थपन/उपचार/समुदायिक हेरचाह/आघात सम्बन्धी कामहरू,
  • डिजिटल थलोहरू तथा सुदुर कार्य (remote work)मा पहुँच/भेलाहरू (जस्तैः VPNs वा अन्य डिजिटल सुरक्षा उपकरणहरू)
  • स्थानन्तरण वा एकान्तवासका लागि प्रयोग गर्ने घर/स्थान,
  • बन्दाबन्दीका कारण आवश्यक पर्ने अतिरिक्त यातायात खर्च ।

कोषको प्राथमिकता

  • महिला तथा गैर-द्वयसांखिक नेतृत्वः यो कोषको प्राथमिक लाभकर्ता महिला वा गैर-द्वयसांखिक मानवअधिकार रक्षकहरू हुनेछन्, महिला अधिकार संस्थाहरूका अनुमोदनसहित आएका आवेदन तथा आवेदकहरूलाई प्राथमिकता दिइनेछ;
  • मानवअधिकार केन्द्रितः रक्षक तथा संस्थाहरूले महिला र/वा सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको मानवअधिकारको प्रवर्द्धन गर्नुपर्दछ, साथै अहिंसात्मक कार्यनीति वा रणनीति अवलम्वन गर्दै मानवअधिकारको विश्वव्यापकतालाई सम्मान गर्नुपर्दछ;
  • कोभिड-१९: यो कोष कोभिड-१९ को बखत महिला तथा गैर-द्वयसांखिक मानव अधिकार रक्षक, अभियन्ता र उनीहरूका समुदाय वा समूह (औपचारिक वा अनौपचारिक भएपनि)हरूका लागि उपयोग गरिनुपर्दछ । विशेषगरी- 

    आर्थिक सहायता दिने, जसले संकटको बेलामा आफू र आफ्नो समुदायलाई धानीराख्न रणनीतिक तथा सामरिक महत्व राख्छ (उदाहरणको लागि- सामुदायिक भान्साको आयोजना गर्ने,  खाद्य सुरक्षाका निमित्त बीउबिजनहरू बितरण गर्ने) । वा,

    उपेक्षित समूहका अभियन्ताहरूका लागि, जोमाथि भेदभाव गरिन्छ, र संकटका बेलामा सरकारी सहायता पाउन असमर्थ हुनेहरू (उदाहरणको लागि- सार्वजनिक तवरमा उपलब्ध गराइने आपतकालिन द्रुत स्वास्थ्य सेवाहरू पारलैंगिक समुदायका अभियन्ताहरूले उपभोग गर्ने पाउँदैनन्) का लागि ।

समय-सीमाः कोषको लागि आवेदनहरू ३० जुन २०२१ सम्ममा प्राप्त भइसक्नु पर्नेछ ।

उपलब्ध कोष रकम

UAF A&P  ले बढीमा ५ हजार सम्मको अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउनेछ ।

आवेदन भर्ने तरिका

आवेदन कसरी भर्ने ?

सुरक्षा तथा दैनिक जीवनस्तरसम्बन्धी कोष आवेदन (Security and Well-Being grant Application) अनलाइन भर्ने । वा, उक्त आवेदन फारम डाउनलोड गरेर भर्ने र भरेको आवेदन फारमलाई grants@uafanp.org मा पठाउनुहोस् ।

सञ्चारको माध्यम

UAF A&P ले इमेल आदानप्रदान गर्नको लागि Protonmail र म्यासेजको लागि Signal मात्रै चलाउने गर्दछ । हामी आवेदक तथा कोष प्राप्त गर्ने प्रापकहरूलाई यिनै माध्यमहरू अपनाउन प्रोत्साहित गर्दछौँ । किनकी यी माध्यमहरूमा इन्क्रिप्सन क्षमता हुने हुँदा सुरक्षा तथा गोपनीयताका लागि पनि यी उपयोगी हुनेछन् । कृपाया तपाईको आवेदन र जिज्ञासाहरू तल दिइएका इमेल ठेगानाहरूमा पठाउनुहोस्:

१. कोषको आवेदन पठाउन र जिज्ञासाहरू grants@uafanp.org मा पठाउनुहोस् ।

२. अनलाइन आवेदन फारमका लागि आइपर्ने प्राविधिक समस्याका लागि, कृपाया प्रायः सोधिने प्रश्नहरूको पेज बारम्बार हेर्नुहोस् वा  esther@uafanp.org मा इमेल पठाउनुहोस् ।

UAF A&P का सल्लाहकारहरू

UAF A&P को कोषबारेमा हाम्रा क्षेत्रीय रोष्टर र राष्ट्रिय सल्लाहकारहरूमार्फत् जानकारी गराउनेछौँ । र, हामीले प्राप्त गरेका आवेदनहरूको समीक्षा सल्लाहकारहरूले त्यसलाई अनुमोदन गर्नुहुनेछ । हाम्रा सल्लाहकारहरूले आवेदन अनुमोदन गरिसकेपछि अन्तिम निर्णय गरिएको कुरा प्रत्येक आवेदकहरूलाई बताउनेछौँ ।

कोष प्राप्त गर्नेहरूका लागि जानकारी

कोष प्राप्त गर्ने सबै कोष प्रापकहरूले आफूले प्राप्त गरेको कोष वापतको रकम कसरी उपयोग गरियो भन्ने कुरा खुलाएर ६ महिनाभित्र अन्तिम प्रतिवेदन बुझाइसक्नु पर्नेछ ।

यस अघि पनि कोष प्राप्त गर्नेहरूका लागि जानकारी

यस अघि कोष प्राप्त गरेकाहरूले पनि यो कोषका लागि पुनः आवेदन दिन सक्नुहुनेछ । निर्णय गरिँदा एक-एक घटनालाई आधार मानिनेछ ।

RRG स्वीकृत प्रक्रिया

प्रायः सोधिने प्रश्नहरू यहाँ पढ्नुहोस्

सम्पर्कका लागि grants@uafanp.org मा इमेल पठाउनुहोस् ।

 

 

 

आवेदन भर्नुहोस्

or

UAF A&P कोषले आर्थिक सहायता नगर्ने क्षेत्रहरूः
  • त्याचलिंगी पुरुष*हरूका लागि वा त्याचलिंगी पुरुषहरूले नेतृत्व गरेका संस्थाहरू वा सञ्जालहरू;

  • कुनैपनि संस्थाको समर्थनबिना वा कुनैपनि संस्थाले अनुमोदन नगरेका व्यक्तिगत तवरमा प्राप्त भएका आवेदनहरू;

     

  • स्थापित समुदाय वा स्थापित सञ्जालमा आवद्धता भएकाहरू वा UAF A&P का सल्लाहकारहरू;

     

  • मानवीय संकट वा प्राकृतिक विपदहरूसम्बन्धी परियोजनाहरू वा त्यससम्बन्धी क्रियाकलापहरू;

     

  • विकास सहायता वा परोपकारी/दान सहायोगमा केन्द्रित परियोजना वा क्रियाकलापहरू;

  • कुनैपनि संस्थाको परियोजनाको अंगको रुपमा चलिरहेका नियमित क्रियाकलापअन्तर्गतका कार्यक्रमहरू;

  • नियमित रुपमा सञ्चालित बजेटहरू वा/र बजेट परिपूर्तिका लागि;

* त्याचलिंगी पुरुष भन्नाले जन्मँदाको बखत लिएर आएको यौनाङ्गको आधारमा पुलिंगी इंगित गरिएको र आफ्नो लैंगिक पहिचान पुरूष नै भएको व्यक्तिलाई जनाउँछ ।